September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ। बिहिबार राति तेस्रो डिभिजनको टोली युनियनिस्टाज सालामाङ्का विरुद्ध जित निकाल्दै बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको हो।

पछि परेको अवस्थालाई उल्त्याउँदै बार्सिलोना ३-१ को गोल अन्तरले विजयी भयो। बार्सिलोनाको जितमा फेरान टोरेस, जुल्स कुन्डे र अलेहान्द्रो बाल्डेले गोल गर्दा युनियनिस्टाजका लागि एक गोल अल्भारो गोमेजले गरेका थिए।

खेलको ३१ औं मिनेटमा अल्भारो गोमेजको गोलबाट घरेलु टोलीले अग्रता पाएको थियो। उनले जुआन सेरानोको क्रसमा सानदार भली प्रहार गर्दै गोल गरेका थिए।

पहिलो हाफको अन्त्यमा फेरान टोरेसले गोल गर्दा खेल १-१ को अवस्थामा पुग्यो। टोरेसले कर्नर पश्चात काउन्टर अट्याकमा जोआओ फेलिक्सको पासमा गोल गरेका थिए।

खेलको ६९ औं मिनेटमा ६९औं मिनेटमा जुल्स कुन्डेले बक्स बाहिरबाट सानदार गोल गरे। त्यस्तै ७३ आउँ मिनेटमा कुन्डेको पासमा अलेहान्द्रो बाल्डेले गोल गरेसंगै बार्सिलोनाको जित भयो।

बार्सिलोनाले यहि साता मात्रै स्पेनिस सुपर कप उपाधि गुमाएको थियो। तर बार्सिलोनाले अब कोपा डेल रेको उपाधि जित्ने अवसर पाएको छ। त्यसको लागि क्वाटरफाइनल र सेमिफाइनलमा जित निकाल्दै फाइनल पुग्नु पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *