December 23, 2024

एजेन्सी – ट्रान्सफर बजारमा भरपर्दा जानकार फाब्रिजियो रोमानोले ब्राजिलियन स्टार नेयमारको सम्झौता साउदी क्लब अल हिलालले रद्द गरेको खबरलाई खारेज गरेका छन्।

सामाजिक संजाल ट्वीटर मार्फत रोमानोले नेयमारको सम्झौता अल हिलालले रद्द गरेको भन्दै आएका सम्पूर्ण खबरलाई खारेज गरेका हुन्। रोमानोका अनुसार बाहिर आएका ती सबै खबर फेक रहेका छन्।

बिहिबार विभिन्न मिडियाहरुमा अल हिलालले नेयमारको सम्झौता रद्द गरेको भन्दै खबर आएका थिए। अल हिलालले हालसालै विदेशी खेलाडीको कोटामा रेनान लोदीलाई राखेको थियो।

नेयमारको नाम टोलीबाट निकालिएपछि धेरैले नेयमारलाई अल हिलालले क्लबबाट हटाएको हल्ला फिँजाएका थिए। चोट लागेपछि शल्यक्रिया गराएका नेयमारले यस सिजन नखेल्ने भएका कारण नेयमारलाई टोलीको सूचीबाट हटाइएको रोमानोको भनाई छ।

नेयमार यस सिजन सुरु भएको केहि समयमै घाइते भएका थिए। त्यसपछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। नेयमार अहिले आराम गरिरहेका छन्।

नेयमार यस सिजन मैदान फर्किने कमै सम्भावना छ। यस्तोमा अल हिलालले उनको स्थानमा रेनान लोदीलाई राखेको छ। रोमानोले सामाजिक संजाल मार्फत भनेका छन्,”अल हिलालले नेयमार जुनियरको सम्झौता रद्द गरेको छैन । रिपोर्टहरूलाई स्रोतहरूले “फेक न्यूज” भनेर अस्वीकार गरेका छन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *