December 23, 2024

एजेन्सी – एएफसी एसियन कपमा उपाधि दाबेदार मानिएको जापान इराकसंग स्तब्द भएको छ। एसियन कप जित्न सक्ने टोली मानिएको जापान शुक्रबार इराकसंग स्तब्द भएको हो।

समूह चरणको दोस्रो खेलमा इराकले जापानलाई २-१ को गोल अन्तरले पराजित गर्यो। शुक्रबार साँझ एजुकेसन सिटी स्टेडियममा भएको इराकका लागि दुवै गोल अइमान हुसेनले गरे।

त्यस्तै जापानका लागि भने एक मात्र गोल वातारु एन्डोले गरेका थिए। बलमा पूर्ण नियन्त्रण राखेको जापानले इराकको बलियो डिफेन्स तोडेर आवश्यक गोल गर्न सकेन।

खेलको सुरुवातबाटै जापान पछि परेको थियो। खेलको ५ औं मिनेटमा बक्सको बायाँ तर्फबाट आएको क्रस जापान गोलरक्षक जियन सुजुकीले रोक्न खोज्दा हुसेनको अगाडि पुग्यो। गोलको सो अवसरलाई उनले कुनै हालतमा खेर जान दिएनन्।

खेलको पहिलो हाफको इन्ज्युरी समयमा अहमद याहयाको क्रसमा हुसेनले हेडर मार्फत गोल गरेसंगै जापान २-० को गोल अन्तरले पछि पर्यो। इन्ज्युरी समयको तेस्रो मिनेटमा जापानले एक गोल फर्काएपनि हार टार्न भने सकेन।

पहिलो खेलमा इन्डोनेसियाविरुद्ध जित निकालेको इराक २ खेलमा ६ अंक सहित समूहको शीर्षस्थानमा छ भने जापान दोस्रो स्थानमा छ। जापानले पहिलो खेलमा भियतनामलाई पराजित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *