September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनलका पूर्व खेलाडी विलियम गालासले सिजनको सुरुवातमा स्ट्राइकर नभित्र्याएर आर्सनलले ठूलो गल्ती गरेको बताएका छन्।

एक कुराकानीका क्रममा गालासले आर्सनलले स्ट्राइकर नभित्र्याएर आर्सनलले ठूलो गल्ती गरेको बताएका हुन्। विलियम गालासका अनुसार आर्सनललाई एक उत्कृष्ट स्ट्राइकर चाहिएको छ।

“आर्सनललाई एक एक उत्कृष्ट स्ट्राइकरको आवश्यकता छ। उनीहरुले सिजन सुरु हुनु भन्दा अगाडी नै एक राम्रो प्रोफाइल भएको स्ट्राइकर भित्र्याउनु पर्थ्यो।”,गालासले भने।

अहिले आएर आर्सनलले स्ट्राइकरको आवश्यकता रहेको महसुस गरेको उनको भनाई छ। समर ट्रान्सफर विन्डोमा आर्सनलले काई हाभर्ट्जलाई भित्र्याएर गल्ती गरेको पनि गालासले बताए।

उनका अनुसार आर्सनलले काई हाभर्ट्ज भन्दा पनि अन्य खेलाडी भित्र्याउनु पर्थ्यो। गालासले हाभर्ट्जले कति गोल गर्न सक्छन् भन्ने प्रश्न पनि तेर्स्याए।

उनले भने,”उनीहरूसँग स्ट्राइकर किन्नको मौका थियो तर उनीहरुले काई हाभर्ट्ज भित्र्याए। मलाई अझै पनि लाग्छ कि उनीहरूले गल्ती गरे। हाभर्ट्जले कति गोल गर्छन् ? हामी जनवरीमा छौं र सायद उनीहरूले महसुस गरिरहेका छन् कि उनीहरूलाई अर्को स्ट्राइकर चाहिन्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *