एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले एक साथ तीन अवार्ड जितेका छन्। सन् २०२३ भर निरन्तर उच्च प्रदर्शन गरेका रोनाल्डोले शक्रबार तीन अवार्ड एक साथ जितेका हुन्।
दुबाई ग्लोब सकर अवार्डमा रोनाल्डोले उत्कृष्ट मध्य पूर्व खेलाडी अवार्ड, २०२३ मा उत्कृष्ट गोलकर्ताको लागि म्याराडोना अवार्ड र फ्यानहरूको मनपर्ने वर्ष खेलाडीको अवार्ड हात परे।
रोनाल्डो सन् २०२३ को सुरुवातमा साउदी अरेबियन क्लब अल नासर आवद्ध भएका थिए। अल नासरका लागि रोनाल्डोले अहिले सम्म ४४ खेल खेलेका छन्।
जसमा उनले ३८ गोल गरेका छन् भने १३ असिस्ट दिएका छन्। मध्यपूर्व गएयता रोनाल्डोले निरन्तर उच्च प्रदर्शन गर्दै आएका छन्। त्यसको लागि उनले उत्कृष्ट मध्य पूर्व खेलाडी अवार्ड जिते।
त्यस्तै रोनाल्डोले सन् २०२३ भर अल नासर र पोर्चुगलको राष्ट्रिय टोलीका लागि निरन्तर गोल गरे। वर्षभर उनले जति गोल कसैले पनि गर्न सकेन। उनले सन् २०२३ मा ५४ गोल गरेका थिए। शिर्ष गोलकर्ताको रुपमा उनले म्याराडोना अवार्ड जिते।
त्यस्तै दुबई सकर अवार्डका लागि अनलाइन भोटिङ समेत भएको थियो। सो भोटिङमा सबै खेलाडीलाई पछि पार्दै रोनाल्डोले फ्यान फेर्ब्रेट वर्ष खेलाडीको अवार्ड पनि जिते।