September 20, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफू उत्कृष्ट गोलकर्ता रहेको दावी गरेका छन्। हालसालै एक कुराकानीका क्रममा रोनाल्डोले आफू सन् २०२३ को उत्कृष्ट गोलकर्ता रहेको दावी गरेका हुन्।

दुबई ग्लोब सकर अवार्ड कार्यक्रममा बोल्नेक्रममा रोनाल्डोले गोल स्कोरिङ चार्टमा म्यानचेस्टर सिटीका नर्वेली युवा स्टार एर्लिङ हालाण्ड जस्तो खेलाडीलाई पछि पारेकोमा गर्व लागेको बताए।

छिट्टै आफू ३९ वर्षको हुन लागेको उल्लेख गर्दै रोनाल्डोले आफू आलोचनाबाट प्रभावित नहुने स्पष्ट पारे। मानिसहरुले आफ्नो क्षमतामा शंका गरेको मन पर्ने रोनाल्डोको भनाई छ।

“म यस सिजनको उत्कृष्ट गोलकर्ता थिएँ। हालाण्ड जस्ता युवा खेलाडीहरुलाई पछि पार्न सकें, मलाई गर्व छ। म चाँडै ३९ वर्षको हुँदै छु। मानिसहरुले मेरो क्षमतामा शंका गरे पनि म सफल भइरहेको छु। म आलोचनाबाट प्रभावित हुँदिन।”,रोनाल्डोले भने।

रोनाल्डोले सन् २०२३ भर निरन्तर उच्च प्रदर्शन गरेका थिए। सन् २०२३ को सुरुवातमा साउदी पुगेका उनले क्लब अल नासरका लागि वर्षभर गोल गरेका थिए।

रोनाल्डो सन् २०२३ को सर्वाधिक गोलकर्ता थिए। वर्षभर उनले जति गोल कसैले गरेन। उनले गोलको मामलामा हालाण्ड, ह्यारी केन र किलियन एम्बाप्पे जस्ता खेलाडीलाई पछि पारेका थिए। उनले अल नासर र पोर्चुगलका लागि कुल ५४ गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *