September 20, 2024

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आर्सनलले सानदार जित निकालेको छ। जारी सिजनको २१ औं खेलमा आर्सनलले शनिबार घरेलु मैदानमा सानदार जित निकालेको हो।

आर्सनलले शनिबार क्रिस्टल प्यालेस माथि ५–० को जित दर्ता गर्यो। बलमा राम्रो नियन्त्रण राख्दै आ-क्रमणमा उत्रिएको आर्सनलका तीन खेलाडीले गोल गर्दा एक गोल भने उपहारमा पायो।

गाब्रिएल मार्टिनेलीले २ गोल गर्दा गाब्रिएल माघालेस र लियान्ड्रो ट्रोसार्डले एक-एक गोल गरे। पहिलो हाफमा २-० को अग्रता राखेको आर्सनलले दोस्रो हाफमा तीन गोल थपेको थियो।

११औं मिनेटमा डेकलान राइसको कर्नरमा गोल गर्दै गाब्रिएलले गोल गरे। ३७औं मिनेटमा बुकायो साकाको कर्नरमा गाब्रिएल कै हेडर गोलरक्षक डिन हेन्डरसनले आफ्नै पोष्टमा आत्मघाती गोल गर्दा आर्सनल २-० ले अगाडी बढ्यो।

खेलको ५९औं मिनेटमा गाब्रिएल जिससको पासमा ट्रोसार्डले गोल गरे। निर्धारित ९० मिनेट पश्चात आर्सनलले इन्ज्युरी समयमा २ गोल थपे। दुवै गोल मार्टिनेलीले गरेका थिए।

यस जितसंगै आर्सनलको ४३ अंक भएको छ। आर्सनल शिर्ष स्थानको लिभरपुल भन्दा २ अंकले पछि छ। त्यस्तै दोस्रो स्थानको म्यानचेस्टर सिटी र आर्सनलको बराबरी अंक छ। सिटी र लिभरपुल दुवैले आर्सनल भन्दा एक कम खेल खेलेका छन्। पराजित प्यालेस भने २१ अंकका साथ १४ औं स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *