September 20, 2024

एजेन्सी – क्रिस्टियानो रोनाल्डो जुनियर पिता क्रिस्टियानो रोनाल्डोकै पाइला पछ्याउने योजनामा छन्। सानै देखि ठूलो ठूला क्लबमा एकेडेमीमा फुटबल सिक्न पाएका उनी अहिले साउदी क्लब अल नासरको एकेडेमीमा छन्।

हालसालै बाहिर आएको एक भिडियोले रोनाल्डो जुनियर आफ्ना पिताकै पैला पछ्याइरहेको प्रष्ट पार्छ। सामाजिक संजालमा एक भिडियो देखा परेको छ। जसमा जुनियर पिता रोनाल्डो जस्तै सानदार हेडर मार्फत गोल गरिरहेको देखिएका छन्।

पिता रोनाल्डो राम्रो जम्प हानेर सानदार हेडर गोल गर्नको लागि चर्चित छन्। सामाजिक संजालमा भाइरल भएको सो भिडियोमा जुनियर हेडरमा पिता रोनाल्डो जस्तै सानदार गोल गरिरहेको देख्न सकिन्छ।

केवल १३ वर्षको उमेरमा जुनियरले रोनाल्डोको पाइला पछ्याउने धेरै संकेत देखाएका छन्। जुनियर आफ्नो बुबा जस्तै प्रेफेस्नल फुटबलर बन्ने बाटोमा आगाडी बढिरहेका छन्।

रोनाल्डो जुनियरले पहिले म्यानचेस्टर युनाइटेड र जुभेन्टसमा एकेडेमी टोलीहरूका लागि खेलेका थिए। रोनाल्डो सन् २०२३ को सुरुवातमा साउदी आएपछि उनी अल नासरको एकेडेमीमा आवद्ध भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *