September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबर अनुसार साउदीले आगामी समर ट्रान्सफर विन्डोमा प्रिमियर लिगका थप स्टारलाई टार्गेट बनाउने भएको छ।

गत समर ट्रान्सफर विन्डोमा नेयमार, एनगोलो कान्टे, करिम बेन्जेमा जस्ता खेलाडीलाई भित्र्याएको साउदीले आगामी समर ट्रान्सफर विन्डोमा प्रिमियर लिगका तीन उत्कृष्ट खेलाडीलाई टार्गेट बनाएको भएको हो।

साउदीले समरमा लिभरपुलका मोहम्मद सलाह, म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र स्पर्सको सन् ह्युङ-मिनलाई टार्गेट बनाउने योजना बनाएका युरोपेली खेल मिडियाहरुले जनाएका छन्।

साउदी प्रो लिगले गत समरमै सलाहलाई भित्र्याउन खोजेको थियो। साउदी क्लब अल इत्तिहादले लिभरपुललाई आकर्षक प्रस्ताव पनि पठाएको थियो। सलाहका लागि अल इत्तिहाद १ सय ५० मिलियन पाउण्ड सम्म तिर्न तयार भएको थियो।

तर लिभरपुलले सो प्रस्ताव स्वीकार गरेन। आगामी समरमा साउदी क्लबले सलाहलाई पुनः भित्र्याउन प्रयास गर्ने पक्का छ। साउदी क्लबले समरमा ब्रुएना र सनलाई पनि भित्र्याउन प्रयास गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *