September 20, 2024

एजेन्सी – साउदी क्लब अल नासरका खेलाडीहरुले क्लबका पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोलाई सरप्राइज दिएका छन्। अल नासरका लागि निरन्तर उच्च प्रदर्शन गर्दै आएका रोनाल्डोलाई अल नासरका खेलाडीहरुले सरप्राइज दिएका हुन्।

सन् २०२३ भर उच्च प्रदर्शन गरेका आधारमा रोनाल्डोले केहि दिन अगाडी तीन अवार्ड जितेका थिए। त्यसको खुशियाली मनाउन अल नासर खेलाडीहरुले रोनाल्डोलाई सरप्राइज दिए।

उनले उत्कृष्ट मध्य पूर्व खेलाडीको पुरस्कार, २०२३ मा उत्कृष्ट गोलकर्ताको लागि म्याराडोना पुरस्कार, र फ्यानहरूको मनपर्ने वर्ष खेलाडीको अवार्ड जितेका थिए।

सो सफलताका लागि ३८ वर्षिय रोनाल्डोलाई खेलाडीलाई एउटा विशेष केक दिएर चकित पारे। केकमा लेखिएको थियो,”अवार्डहरुले ‘गोट’लाई पछ्याउँछन्।”

रोनाल्डोको ट्रेडमार्क सेलेब्रेसन ‘सिउउ’ सँग-संगै खेलाडीहरुले रोनाल्डोको सफलताको खुशियाली केक काटेर मनाए। अल नासरले सामाजिक संजालमा सो भिडियो सार्वजनिक गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *