September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले क्लबका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई बहिर्गमनको अवसर दिने भएको छ। सन् २०२२ को समर ट्रान्सफर विन्डोमा स्पेन आइपिगेका रोबर्ट लेवान्डोस्कीलाई बार्सिलोनाले ट्रान्सफरको अवसर दिने भएको हो।

बार्सिलोना आएको पहिलो सिजनमा लेवान्डोस्कीले धेरै राम्रो प्रदर्शन गरेका थिए। गत सिजन उनले बार्सिलोनाका लागि सबै प्रतियोगितामा ३३ गोल गरेका थिए।

उनी लालिगाका शिर्ष गोलकर्ता थिए। सन् २०२२-२३ को सिजनमा बार्सिलोना लालिगा च्याम्पियन्स बन्दा लेवान्डोस्कीले २२ गोल गरेका थिए। तर यस सिजन भने गोलमा उनी गत सिजन जस्तो राम्रो देखिएका छैनन्।

उनले यस सिजन २७ खेलमा मात्र १२ गोल गरेका छन्। लेवान्डोस्कीको प्रदर्शन सामान्य रूपमा राम्रो हुन सकिरहेको छैन। जसकारण क्लबले उनलाई आगामी समर ट्रान्सफर विन्डोमा बहिर्गमनको अवसर दिन सक्छ।

बार्सिलोना र लेवान्डोस्की बीच सन् २०२४-२५ को सिजनको अन्त्य सम्मका लागि सम्झौता छ। सम्झौता अनुसार लेवान्डोवस्कीको तलब वर्षैपिच्छे बढ्दै जानेछ।

तर आर्थिक संकटसंग जुधिरहेको बार्सिलोनाले उनलाई बिक्री गर्न सक्छ। तर बहिर्गमनको अवसर दिइएपनि सो निर्णय गर्ने अवसर भने लेवान्डोवस्कीलाई नै दिइनेछ। लेवान्डोवस्कीलाई साउदीका क्लबहरुले भित्र्याउन चाहेको रिपोर्टहरु यस अगाडी नै सार्वजनिक भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *