September 20, 2024

एजेन्सी – अल नासरले चीनमा खेल्ने भनिएका मैत्रीपूर्ण खेलहरु रद्द भएका छन्। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो घाइते भएसंगै अल नासरले चीनमा खेल्ने भनिएका मैत्रीपूर्ण खेलहरु रद्द भएका हुन्।

अल नासरले २४ र २८ जनवरीमा चिनिया क्लबहरुसंग मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो। तर रोनाल्डोलाई चोट लागेपछि हालका लागि ती खेलहरु रद्द भए।

दुवै खेलका लागि हजारौं टिकट बिक्री भइसकेका छन्। चिनिया फुटबल प्रेमी रोनाल्डोको खेल हेर्न आतुर रहेपनि उनी घाइते भएपछि खेल रद्द गर्ने निर्णयमा अल नासर पुगेको हो।

“अल नासरको नियन्त्रणभन्दा बाहिरका कारणहरूका कारण २४ र २८ जनवरीमा तय गरिएका दुई खेलहरू रद्द भएका छन्। तय भएका खेलहरु अन्य मितिमा हुनेछन्।”,क्लबले भनेको छ।

खेलहरु हालक लागि रद्द भएपनि अल नासर चीनमा प्रशिक्षणमा भने सहभागी हुनेछ। त्यस्तै अल नासरले शेन्जेन शहरले रोनाल्डो र अल नासर धेरै माया देखाएकोमा अल नासरले धन्यवाद पनि दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *