September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाको हातबाट अर्को उपाधि फुत्किएको छ। बुधबार राति पराजित भएसंगै बार्सिलोनाको हातबाट अर्को एक उपाधि जित्ने अवसर गुमेको हो।

बार्सिलोना बुधबार राति कोपा डेल रे को क्वाटरफाइनलमा एथलेटिक क्लबसंग पराजित भयो। एथलेटिकको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ४-२ को गोल अन्तरले हार्यो।

बलमा राम्रो नियन्त्रण राखेर पनि आक्रमण गर्न नसक्दा बार्सिलोना पराजित भयो। बार्सिलोनाले खेलभर बलमा ६१ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर बार्सिलोनाको तर्फबाट मात्र ७ प्रहार भएका थिए। त्यस मद्ये ४ प्रहार टार्गेटमा थिए।

त्यस्तै एथलेटिक क्लबको तर्फबाट भने खेलभर २९ प्रहार भएको थियो। त्यसमद्ये ७ प्रहार टार्गेटमा थिए। त्यस्तै चार प्रहार गोलमा परिणत गराउन एथलेटिक सफल भयो।

एथलेटिक क्लबको जितमा गोर्का गुरुजेफा, ओइहान सान्चेट, इनाकी विलियम्स र निको विलियम्सले एक एक गोल गरे। बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र लामिन यमलले गोल गरे।

पहिलो हाफमा २-१ को गोल अन्तरले अगाडी रहेपनि बार्सिलोनाले दोस्रो हाफमा खासै राम्रो प्रदर्शन गर्न सकेन। निर्धारित ९० मिनेट र इन्ज्युरी समयमा खेल २-२ को बराबरीमा अड्किएपछि ३० मिनेट थप गरिँदा घरेलु टोलीले दुई गोल थप्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *