September 20, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका पूर्व प्रशिक्षक फाबियो क्यापेलोले यस सिजन च्याम्पियन्स लिग जित्न सक्ने दुई क्लबको नाम लिएका छन्।

एक कुराकानीका क्रममा फाबियो क्यापेलोले यस सिजन च्याम्पियन्स लिग जित्न सक्ने दुई टोलीको नाम लिएका हुन्। उनका अनुसार च्याम्पियन्स लिगको मुख्य दाबेदार रियल म्याड्रिड र म्यानचेस्टर सिटी हुन्।

केभिन डी ब्रुएना ठीक भएको हुँदा अब सिटीको च्याम्पियन्स लिग जित्ने सम्भावना बढेको उनले बताए। उनले भने,”अवश्य पनि, म्यानचेस्टर सिटी र रियल म्याड्रिड हुन् दाबेदार। डी ब्रुएना ठीक भइसकेका छन्। उनले सिटीका लागि फरक पार्न सक्छन्।”

केभिन डी ब्रुएना ह्यामस्ट्रिङको चोटका कारण लामो समयको स्पेल आउटपछि म्यानचेस्टर सिटीका लागि खेलमा फर्किएका छन्। उनको फिर्ती पछि सिटीले उच्च प्रदर्शन गर्ने अनुमान गर्न सकिन्छ।

सिटी र रियल यस सिजन च्याम्पियन्स लिगमा धेरै राम्रो गरिरहेका छन्। सिटी र रियल च्याम्पियन्स लिगको जारी सिजनका यस्ता टोली हुन्, जसले समूह चरणका ६ खेल मद्ये ६ नै खेलमा जित निकाले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *