September 20, 2024

एजेन्सी – साउदी शाही परिवारका राजकुमार अब्दुल्लाह साद अब्दुलअजीज अल साउदले फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेलाई साउदीमा खेलेको हेर्ने आफूहरुको चाहना रहेको बताएका छन्।

हालसालै एक कुराकानीका क्रममा अल साउदले पेरिस सेन्ट जर्मेन(पिएसजी)का फ्रेन्च स्टार एम्बाप्पेलाई साउदीका कुनै पनि क्लबबाट खेलेको हेर्ने आफूहरुको चाहना रहेको बताएका हुन्।

एम्बाप्पे धेरै राम्रो र बलियो खेलाडी रहेको उल्लेख गर्दै उनलाई साउदीमा खेलेको हेर्न आफूहरुले चाहेको स्पष्ट पारे। त्यसक्रममा उनले साउदी फुटबल मार्केटको मोन्स्टर रहेको दावी पनि गरे।

“अवश्य पनि हामी उनलाई मन पराउँछौं। किलियन एम्बाप्पे एक राम्रो र बलियो खेलाडी हुन्। हामी उनलाई हाम्रो च्याम्पियनसिपको कुनै पनि टोलीबाट खेलेको हेर्न चाहन्छौं। साउदी अरेबिया अहिले बजारको मोन्स्टर हो।”,अल साउदले भने।

गत समर ट्रान्सफर विन्डोमा साउदीले एम्बाप्पेलाई भित्र्याउन चाहेको थियो। साउदीको अल हिलालले एम्बाप्पेलाई आकर्षक प्रस्ताव पठाएपनि एम्बाप्पेले सो प्रस्ताव अस्विकार गरेका थिए।

पिएसजी र एम्बाप्पे बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। एम्बाप्पेले पिएसजीसंगको सम्झौता थप नगर्न सक्छन्। यस्तोमा उनले नयाँ क्लबको खोजि गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *