September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले खराब लयलाई जारी राखेको छ। सन् २०२३-२४ को सिजन सुरु भएदेखि नै खराब प्रदर्शन गरिरहेको बार्सिलोना शनिबार रातिले अर्को हार बेहोर्यो।

लालिगा अन्तर्गतको खेलमा बार्सिलोना घरेलु मैदानमै पराजित भयो। बार्सिलोनालाई भिल्लारियलले ५-३ को गोल अन्तरले पराजित गर्यो। बलमा राम्रो नियन्त्रण राखेपनि बार्सिलोनाले नमिठो हार बेहोर्यो।

बार्सिलोनाले खेलभर बलमा ७२ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर बार्साको तर्फबाट कुल २२ प्रहार भएका थिए। जसमद्ये १० प्रहार टार्गेटमा थिए।

तर ३ प्रहार मात्रै गोलमा परिणत भए। भिल्लारियलको तर्फबाट भने खेलभर मात्र ९ प्रहार भएका थिए। त्यसमद्ये ६ प्रहार टार्गेटमा थिए र पाँच प्रहार गोलमा परिणत भए।

क्लब छाड्ने घोषणा

भिल्लारियलसंग पराजित भएसंगै क्लबका प्रशिक्षक जाभीले बार्सिलोना छाड्ने घोषणा गरेका छन्। प्रशिक्षक जाभी हर्नान्डेजले सिजनको अन्त्यसँगै पद छाड्ने घोषणा गरेका हुन्।

उनले सन् २०२१ को नोभेम्बरमा बार्सिलोना सम्हाल्न सुरु गरेका थिए । उनले क्लब छाड्ने बताउँदै टिममा अर्को सिजनका लागि परिवर्तत आवश्यक रहेको पनि दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *