September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबर अनुसार अल नासरका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका अर्का एक साथी साउदी अरेबिया पुग्न सक्छन्।

स्पेनिस क्लब रियल म्याड्रिडमा रोनाल्डोसंगै खेलेका एक खेलाडी साउदी पुग्न सक्ने दावी विभिन्ने खेल मिडियाहरुले गरेका हुन्। ती खेलाडी स्पेनिस मिडफिल्डर इस्को रहेका छन्।

इस्कोले रियल म्याड्रिडमा रहँदा क्रिस्टियानो रोनाल्डोसँग १ सय ८८ खेलमा पिच साझेदारी गरेका थिए। दुई बीचको २५ गोलको साझेदारी पनि भएका थिए।

स्पेनिस मिडफिल्डरले सेभियामा सामेल हुनु अघि २०२२ मा लस ब्लान्कोस छोडेका थिए। त्यसपछि उनले २०२२ को डिसेम्बरमा सेभियापनि छाडे। सेभिया छाडेपनि उनी ६ महिना खालि बसे र पचि रियल बेटिस सामेल भए।

रियल बेटिस गएदेखि उनले निरन्तर उच्च प्रदर्शन गर्दै आएका छन्। उनले स्पेनी टोलीका लागि सबै प्रतियोगिताका २७ खेलमा ६ गोल गरेका छन् भने ५ असिस्ट प्रदान गरेका छन्।

इस्कोले यो सिजन ला लिगामा आफ्नो २० खेलमा १३ वटा प्लेयर अफ द म्याच अवार्ड जितेका छन्। टोडोफिचाजेसका अनुसार उनको प्रभावशाली प्रदर्शनले अल नासरलाई आकर्षित गर्न सक्छ।

अल नासरले आगामी समर ट्रान्सफर विन्डोमा भित्र्याउन प्रयास गर्न सक्ने बताइएको छ। रियल बेटिस र इस्को बीचको सम्झौतामा एक रिलिज क्लज पनि छ। सो क्लज सक्रिय गराएर उनलाई जुन सुकै क्लबले भित्र्याउन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *