September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुले गरिरहेको दावीलाई मान्ने हो भने क्याटलान क्लब बार्सिलोना जर्मन प्रशिक्षक योर्गेन क्लोपलाई क्लबको नयाँ प्रशिक्षक बनाउन चाहन्छ।

क्लबका प्रशिक्षक जाभीले सिजनको अन्त्यमा क्लब छाड्ने निर्णय गरेसंगै बार्सिलोनाले क्लोपलाई क्लबको जिम्मेवारी दिने योजना बनाएको विभिन्न खेल मिडियाहरुले दावी गरेका हुन्।

निरन्तरको कम्जोर प्रदर्शन पछि जाभीले बार्सिलोना छाड्ने निर्णय गरिसकेका छन्। शनिबार राति मात्रै उनले सिजनको अन्त्यमा क्लब छाडेर जाने घोषणा गरेका हुन्।

त्यस्तै क्लोपले पनि केहि समय अगाडी प्रिमियर लिग क्लब छाड्ने घोषणा गरेका थिए। क्लोपले यस सिजनको अन्त्यमा लिभरपुल छाड्नेछन्। यस्तोमा बार्सिलोनाले क्लोपलाई भित्र्याउन चाहेको बताइएको छ।

क्लोप सन् २०१५ देखि लिभरपुलमा छन्। उनले लिभरपुललाई निरन्तर सफलताको उचाईमा पुर्याएका थिए। लिभरपुललाई उनले प्रिमियर लिग, च्याम्पियन्स लिग देखि क्लब विश्वकप जस्ता उपाधि दिलाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *