September 20, 2024

एजेन्सी – लालिगा क्लब सेभियाका मिडफिल्डर इभान राकिटिच साउदी अरेबिया जाने भएका छन्। लामो समय युरोपियन फुटबलमा आफ्नो योगदान दिएका इभान राकिटिच साउदी अरेबिया जान भएका हुन्।

ट्रान्सफर मार्केटका राम्रा जानकार फाब्रिजियो रोमानोका अनुसार बार्सिलोनाका पूर्व मिडफिल्डरले यस जनवरीमा क्लब छाड्ने तयारी गरेको कुरा क्लब र उनका सहकर्मीहरूलाई जानकारी दिएका छन्।

३५ वर्षीय राकिटिकले अब क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा र नेयमारको पाइला पछ्याउँदै मध्यपूर्व जानेछन्। उनी साउदी क्लब अल-शबाबमा सामेल हुनेछन्।

यस अगाडी उनी लियोनेल मेस्सी, सर्जियो बुस्केट्स, जोर्डी अल्बा र लुइस सुआरेज भएको इन्टर मियामी जाने चर्चा थियो। तर उनले इन्टर मियामी भन्दा पनि साउदी जाने निर्णय गरे।

क्रोएसियाली अन्तर्राष्ट्रिय अब सोमबार साउदी अरेबिया जाने बताइएको छ। यससंगै स्पेनिस फुटबलको शीर्ष उडानमा उनको १३ वर्षको बसाइको अन्त्य हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *