September 20, 2024

एजेन्सी – पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले फरवार्ड क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोस एक अर्काको पूरक हुन सक्ने बताएका छन्। एक कुराकानीका क्रममा मार्टिनेजले रोनाल्डो र रामोस एक अर्काको परिपूरक हुन सक्ने बताएका हुन्।

ए बोलासँगको एक अन्तर्वार्तामा मार्टिनेजले रोनाल्डो र रामोस बीच तालमेल हुनसक्ने बताए। रोनाल्डो र रामोस बीच तालमेल हुन सक्ने उदाहरण यस अगाडी नै देखिसकेको मार्टिनेजको भनाई छ।

त्यसक्रममा मार्टिनेज स्लोभाकिया विरुद्धको खेललाई उल्लेख गरे। रोनाल्डो र रामोसलाई सो खेलमा आक्रमणको अग्रपङ्तीमा उतारिएको थियो। सो खेलमा पोर्चुगल ३-२ को गोल अन्तरले विजयी भएको थियो।

पोर्चुगलका लागि तीनै गोल रोनाल्डो र रामोसबाट आएका थिए। सोहि खेलमा रोनाल्डो र रामोसले खेलेको भूमिका बारे बोल्दै मार्टिनेजले फाइनल तेस्रोमा क्रिस्टियानोको चहल-पहल धेरै राम्रो रहेको र रामोस फाइनल तेस्रोमा स्पेस खोज्ने खेलाडी रहेको बताए।

“मलाई लाग्छ कि हामीले स्लोभाकिया विरुद्ध हामीले रोनाल्डो र रामोसलाई अग्रपङ्तीमा खेलाएका थियौं। सो खेलमा दुवै खेलाडीले अर्कासंग खेल्न सक्ने प्रमाणित गरे।”,मार्टिनेजले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *