September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरहरु अनुसार रियल म्याड्रिडका दुई पूर्व खेलाडी बीच पुनर्मिलन हुन सक्छ। रियल म्याड्रिडका दुई पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमा बीच पुनर्मिलन हुन सक्ने दावी केहि खेल मिडियाहरुले गरेका हुन्।

करिम बेन्जेमा र अल इत्तिहाद बीच पछिल्लो समय खासै राम्रो सम्बन्ध छैन। जसका कारण बेन्जेमाले अल इत्तिहाद छाड्ने योजना बनाइरहेका छन्। केहि खेल मिडियाहरुका अनुसार अल नासर उनका लागि एक गन्तव्य बन्न सक्छ।

बेन्जेमाले अल इत्तिहाद छाड्न चाहेपनि उनी युरोप फर्किन भने धेरै कठीन देखिएको छ। किनभने बेन्जेमाले साउदीमा धेरै नै उच्च पारिश्रमिक पाइरहेका छन्।

जुन पारिश्रमिक युरोपको कुनै पनि क्लबले बहन गर्न सक्ने अवस्था छैन। केहि दिन अगाडी ट्रान्सफर मार्केटका जानकार फाब्रिजियो रोमानोले बेन्जेमाले परिश्रमिम्क कटौती गरे मात्रै उनी युरोप फर्किन सक्ने रिपोर्ट गरेका थिए।

त्यस्तै अल इत्तिहाद पनि बेन्जेमालाई साउदी बाहिर पठाउने पक्षमा नरहेको उनको भनाई थियो। यसैबीच साउदीको अर्को क्लब अल नासरलाई बेन्जेमा अफर गरिएको खबर बाहिर आएको छ।

जनवरी ट्रान्सफर विन्डो बन्द हुनु भन्दा अगाडी बेन्जेमाको ट्रान्सफर फत्ते गर्नेगरी अल नासरलाई बेन्जेमा अफर गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *