September 20, 2024

एजेन्सी – केहि खेल मिडियाहरुका अनुसार क्याटलान क्लब बार्सिलोनाका वर्तमान प्रशिक्षक जाभी र बार्सा पूर्व खेलाडी लियोनेल मेस्सी बीच पुनर्मिलन हुन सक्छ।

जाभीले बार्सिलोनाको प्रशिक्षक पद छाड्ने घोषणा गरेसंगै स्पेनबाट प्रकाशित हुने केहि खेल मिडियाहरुले मेस्सी र जाभी बीच इन्टर मियामीमा पुनर्मिलन हुन सक्ने दावी गरेका हुन्।

बार्सिलोना पछि जाभी मियामीको प्रशिक्षक बन्न सक्ने दावी गरिएको छ। जाभीले केहि दिन अगाडी मात्रै यस सिजनको अन्त्यमा बार्सिलोना छाड्ने घोषणा गरेका थिए।

जाभीको नेतृत्वमा बार्सिलोनाले सन् २०२२-२३ को सिजनमा उच्च प्रदर्शन गरेको थियो। सो सिजन बार्सिलोना लालिगा च्याम्पियन बनेको थियो। तर यस सिजन भने बार्सिलोना खासै राम्रो प्रदर्शन गर्न सकिरहेको छैन।

मियामीमा यस अगाडी नै बार्सिलोनाका चार पूर्व खेलाडी छन्। लियोनेल मेस्सी, लुइस सुआरेज, सर्जियो बुस्केट्स र जोर्डी अल्बा मियामीका लागि खेलिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *