एजेन्सी – कतार विश्वकप २०२२ मा सेमिफाइनल सम्म पुगेको मोरक्कोलाई मंगलबार राति दक्षिण अफ्रिकाले पराजित गर्यो। जससंगै मोरक्को अफ्रिका कप अफ नेसन्सबाट बाहिरियो।
अफ्रिका कप अफ नेसन्सकै दाबेदार मानिएको मोरक्कोलाई दक्षिण अफ्रिकाले २-० को गोल अन्तरले स्तब्द बनायो। पहिलो हाफमा कुनै गोल नभएपनि खेलको अन्त्य सम्म दक्षिण अफ्रिकाले २ गोल गर्यो।
खेलको ५७ औं मिनेटमा दक्षिण अफ्रिकाले एभिडेन्स माकगोपाले गरेको गोलले दक्षिण अफ्रिकालाई अग्रता दिएको थियो। त्यसपछि निर्धारित ९० मिनेट सम्म थप गोल भएनन्।
इन्ज्युरी समयको चौंथो मिनेटमा मोरक्को १० खेलाडीमा सिमित भयो। मोकोइनालाई फाउल गरेका कारण सोफियान अमराबातलाई रेफ्रीले रेड कार्ड देखाए।
मोरक्को १० खेलाडीमा सिमित भएपछि मोरक्को दबाबमा प्रर्यो। दक्षिण अफ्रिकाको जित त्यति बेला पक्कै भयो, जब मोकोइनाले सानदार गोल गरे। उनले मोरक्को विरुद्ध २५ यार्ड परबाट प्रहार गरेको फ्री-किक गोलमा परिणत भयो।
मोरक्को विरुद्ध सानदार गोल गरेपछि मोकोइनाले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई ट्रिब्युट दिए। उनले गोल गरेपछि रोनाल्डोको शैलीका गोलको खुशियाली मनाए। सो सेलेब्रेसनमा उनलाई दक्षिण अफ्रिकाका अन्य खेलाडीले पनि साथ दिए।
सामाजिक संजालमा यति बेला मोकोइना र उनका सहकर्मीले रोनाल्डोको शैलीमा गोलको सेलेब्रेसन गरेको भिडियो क्लिपहरु भाइरल भइरहेका छन्।
This moment right here! 🇿🇦🇿🇦🇿🇦🇿🇦
TEBOHO MOKOENA TAKE A BOW!!! pic.twitter.com/aCzaQx3Q5K
— Maps Maponyane (@MapsMaponyane) January 30, 2024
https://lekhpatra.com/moroccos-dream-shattered-ronaldos-style-goal-celebration-gone-viral/
https://lekhpatra.com/moroccos-dream-shattered-ronaldos-style-goal-celebration-gone-viral/