September 20, 2024

एजेन्सी – मैत्रीपूर्ण खेलमा आज राति साउदी क्लब अल नासर र मेजर सकर लिग क्लब इन्टर मियामी आमने-सामने हँदैछन्। साउदी भ्रमणमा रहेको मियामी र अल नासर आज आमने-सामने हुन लागेका हुन्।

आज साउदी क्लब अल नासर विरुद्धको खेलमा मियामी प्रिसिजनको पहिलो जितको खोजिमा हुनेछ। मियामीले प्रिसिजनका तीन मैत्रीपूर्ण खेल मद्ये कुनै पनि खेलमा जित निकाल्न सकेको छैन।

रोनाल्डो खेल्ने सम्भावना कति ?

आज अल नासरका लागि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले खेल्ने छैनन्। रोनाल्डो केहि साता अगाडी घाइते भएका थिए। त्यसयता उनी निरन्तर आराम गर्दै आएका छन्।

अल नासरका प्रशिक्षक लुइस क्यास्ट्रोले खेल अगाडी मात्रै मियामी विरुद्ध रोनाल्डो नखेल्ने स्पष्ट पारे। रोनाल्डो समूहमा सामेल हुन आफ्नो रिकभरीको अन्तिम चरणमा अरहेको क्यास्ट्रोले बताए।

“रोनाल्डो समूहमा सामेल हुन आफ्नो रिकभरीको अन्तिम भागमा छन्। हामी आशा गर्छौं कि अबको केही दिनमा उनी टोलीसंग प्रशिक्षण गर्न सक्नेछन्। तर अहिले उनी टोलीबाट बाहिर छन्।”,क्यास्ट्रोले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *