September 20, 2024

एजेन्सी – साउदी अरेबिया भ्रमणमा रहेको मेजर सकर लिग क्लब इन्टर मियामी आज राति एक्सनमा उत्रिँदैछ। साउदी अरेबियामा दोस्रो खेलका लागि मियामी आज राति एक्सनमा उत्रन लागेको हो।

मियामीले आज साउदी क्लब अल नासरको सामना गर्नेछ। बिहिबार साउदी क्लब अल नासर विरुद्धको खेलमा मियामी प्रिसिजनको पहिलो जितको खोजिमा हुनेछ।

मियामीले प्रिसिजनका तीन मैत्रीपूर्ण खेल मद्ये कुनै पनि खेलमा जित निकाल्न सकेको छैन। नयाँ सिजनको तयारी स्वरूप मैत्रीपूर्ण खेल खेलिरहेको मियामी पहिलो खेलमा एल साल्भाडोरसंग बराबरीमा रोकिएको थियो।

त्यसपछि मियामी एफसी डालाससंग पराजित भएको थियो भने यसै साता साउदी क्लब अल हिलालसंग पनि पराजित भएको थियो। मियामी प्रिसिजन भन्दा अगाडी पनि खासै राम्रो लयमा थिएन।

मियामी प्रिसिजनका तीन खेल सहित ११ खेल देखि जितबिहिन छ। इन्टर मियामीले ११ खेलयता जित हात पार्न सकेको छैन। अल नासर विरुद्ध मियामी दर्जन खेलको पहिलो जितको खोजिमा हुनेछ।

आल मियामी विरुद्ध पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो नखेल्ने पक्का भइसकेको छ। यस्तोमा मियामीले त्यसको फाइदा उठाउन सक्छ। तर त्यो सहज हुने पक्कै हुने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *