September 20, 2024

एजेन्सी – अल नासरका कप्तान क्रिस्टियानो रोनाल्डो क्लबमा प्रभावशाली पहिलो वर्ष पछि साउदी प्रो लिग संगठनसँग आफ्नो बसाइ विस्तार गर्न उत्सुक छन्।

विभिन्न खेल मिडियाहरुका अनुसार रोनाल्डो अल नासरसंगको सम्झौता थप गर्न सकारात्मक देखिएका हुन्। पोर्चुगिज फरवार्ड आफ्नो सम्झौताको बीचमा छन।

उनले सन् २०२३ मा अल नासरसंग २ वर्षका लागि सम्झौता गरेका थिए। उनी र अल नासर बीचको वर्तमान सम्झौता सन् २०२५ सम्मको लागि रहेको छ।

रोनाल्डो साउदीमा धेरै खुशी तथा सन्तुष्ट रहेको र क्लबसंगको सम्झौता थप गर्न तयार रहेको साउदी अरेबियाका पत्रकार अब्देलअजीज अल ओसिमीको दावी छ।

क्लबमा आएदेखि रोनाल्डोले आफ्नो उत्कृष्ट गोल गर्ने फर्मलाई पुन: प्राप्त गरेका छन्। रोनाल्डोले सन् २०२३ मा क्लब र पोर्चुगलको राष्ट्रिय टोलीका लागि कुल ५४ गोल गरेका थिए।

उनले यस सिजन अल नासरका लागि २० गोल गरिसकेका छन् भने ९ असिस्ट दिसकेका छन्। रोनाल्डोको आगमनपछि नेयमार रुबेन नेभ्स, रियाद महरेज, साडियो माने, र अन्य जस्ता युरोपका धेरै शीर्ष खेलाडीहरू साउदी पुगिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *