September 19, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ। फ्रेन्च स्टार किलियन एम्बाप्पे चम्किएपछि पिएसजीले सहज जित निकालेको हो।

शक्रबार राति पिएसजीले स्ट्रासबर्गलाई उसकै घरेलु मैदानमा २-१ को गोल अन्तरएल पराजति गर्यो। पिएसजीको जितमा एम्बाप्पेले महत्वपूर्ण भूमिका निभाए।

एम्बाप्पेले स्ट्रासबर्ग विरुद्धको खेलमा पेनाल्टी मिस गरेपनि एक गोल र एक असिस्ट प्रदान गरे। खेलको सुरुवातमै पिएसजीले पेनाल्टीको अवसर पाएको थियो।

भिएआर चेक पछि दिइएको पेनाल्टीमा एम्बाप्पे असफल भए। उनले प्रहार गरेको पेनाल्टी गोल पोस्ट माथिबाट बाहिरियो। तर खेलको ३१ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए।

उनले मार्को एसेन्सियोको पासमा गोल गरेका थिए। पछि खेलको ४९ औं मिनेटमा पिएसजीले दोस्रो गोल गर्यो। सो गोल एम्बाप्पेको पासमा मार्को एसेन्सियोले गरेका थिए।

खेलको ६८ औं मिनेटमा डायलन बकवाले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे। तर सो प्रयास सफल हुन सकेन। यस जितसंगै पिएसजीले लिगमा ९ अंकको अग्रता बनाएको छ। पिएसजीले २० खेलमा १४ जित त एक हार सहित ४७ अंक बनाएको छ।

पिएसजीले दोस्रो स्थानको निस भन्दा एक खेल बढी खेलेको छ। पराजित स्ट्रासबर्ग भने २० खेलमा ६ जित त ७ हार सहित २५ अंक बनाएर लिगको १० औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *