December 23, 2024

एजेन्सी = दक्षिण कोरिया कतारमा जारी एसियन कपको उपाधि नजिक पुगेको छ। जारी प्रतियोगिताको क्वाटरफाइनलमा बलियो प्रतिद्वन्दी अष्ट्रेलिया माथि रोमान्चक जित निकाल्दै दक्षिण कोरियाले सेमिफाइनलमा स्थान बनाएको हो।

शुक्रबार भएको खेलमा दक्षिण कोरियाले अतिरिक्त समयमा कम्ब्याक जित निकाल्यो। १० जनामा समिति अष्ट्रेलिया माथि दक्षिण कोरियाले २-१ को जित निकाल्न सफल भयो।

पहिलो हाफको ४२ औं मिनेटमा अष्ट्रेलियाले अग्रता लिएको थियो। एटकिन्सनको क्रसमा क्रेज गुडविनले भली प्रहारमा गोल गरेका थिए। त्यसपछि निर्धारित ९० मिनेट सम्म कुनै टोलीबाट थप भएन।

तर इन्ज्युरी समयको छैठौं मिनेटमा कोरियाले पेनाल्टीको अवसर पायो। कप्तान सन ह्यूङ मिनले जितेको पेनाल्टीमा ह्वांग हि-चानले पेनाल्टीमा गोल गर्दा दक्षिण कोरियाको हार टर्यो।

अतिरिक्त समयको १४ आउँ मिनेटमा कोरियाले अग्रता लियो। कप्तान सनले उत्कृष्ट फ्रिकिक प्रहारमा गोल गर्दै कोरियालाई अग्रता दिलाए। अतिरिक्त समयको पहिलो हाफको अन्त्यतिर एइडन ओ’निलले रातो कार्ड पाएपछि अष्ट्रेलिया १० जनामा सिमित भयो।

त्यसपछि पनि दक्षिण कोरियाले गोलको प्रयास गरेपनि सफल भने हुन सकेन। जससंगै कोरिया २-१ को गोल अन्तरले विजयी भयो। सेमिफाइनलमा अब कोरियाले जोर्डनको सामना गर्नेछ।

जोर्डनले क्वाटरफाइनलमा शुक्रबार नै ताजिकिस्तान विरुद्ध जित निकालेको थियो। क्वाटरफाइनलमा इरान र जापान तथा घरेलु टोली कतार र उज्बेकिस्तान भिड्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *