September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले च्याम्पियन्स लिग र लालिगा उपाधि जित्न बार्सिलोनाले प्रयास गर्ने बताएका छन्। एक कुराकानीका क्रममा लापोर्टाले च्याम्पियन्स लिग र लालिगा उपाधि जित्न बार्सिलोनाले प्रयास गर्ने बताएका हुन्।

लापोर्टाका अनुसार बार्सिलोनासंग प्रतिष्पर्धा गर्न राम्रो टोली छ। च्याम्पियन्स लिगको अन्तिम १६ मा इटालियन क्लब नापोली विरुद्ध जित निकाल्ने प्रयासमा बार्सिलोना हुने उनले बताए।

“बार्साले ला लिगा वा च्याम्पियन्स लिगमा हार मान्दैन। हामीसँग नापोलीसँग प्रतिस्पर्धा गर्न र जित्नको लागि पर्याप्त टोली छ।”,लापोर्टाले एक कुराकानीका क्रममा भने।

बार्सिलोना पछिल्लो समय खासै राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। नयाँ वर्षको पहिलो महिना त बार्सिलोनाका लागि झनै कष्टकर रह्यो। पहिला स्पेनिस सुपर कप रियललाई सुम्पिएको बार्सिलोना कोपा डेल रेबाट पनि बाहिरिसकेको छ।

त्यस्तै लालिगामा पनि बार्सिलोनाले खास राम्रो गर्न सकिरहेको छैन। बार्सिलोना यति बेला लिगको चौथो स्थानमा छ। २२ खेलबाट ४७ अंक बनाउँदा बार्सा शिर्ष स्थानको रियल म्याड्रिड भन्दा १० अंकले पछि परिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *