September 20, 2024

काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबलकि स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले फ्रेन्च लिगमा डेब्यू गरेकी छन्। केहि दिन अगाडी मात्रै फ्रेन्च क्लब एन अभान्ट ग्वेंगाम्प आवद्ध भएकी साम्बाले फ्रेन्च लिगमा डेब्यू गरेकी हुन्।

साम्बाले शनिबार फ्रेन्च क्लब एन अभान्ट ग्वेंगाम्पका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्ने अवसर पाइन्। साम्बा बोर्डोविरुद्धको खेलमा शुरूवाती ११ मा थिइनन्।

तर उनले खेलको ७६ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्न पाइन्। मैदान प्रवेश गर्ने बितिकै साम्बाको नाममा एक दुर्लभ रेकर्ड पनि बनेको छ।

साम्बा युरोपको शिर्ष डिभिजन क्लबबाट खेल्ने पहिलो नेपाली खेलाडी बनिन्। साम्बा भन्दा अगाडी कुनै पनि महिला वा पुरुष खेलाडीले युरोपको शिर्ष क्लबमा फुटबल खेल्ने अवसर पाएका छैनन्।

साम्बाले डेब्यू गरेको खेलमा ग्वेंगाम्पले बराबरी खेल्यो। लगातार तीन खेल हारेर लिगको १० औँ स्थानमा रहेको एन अभान्ट ग्वेंगाम्पले बोर्डेसँग १-१ को बराबरी खेलेको हो।

ग्वेंगाम्पको तर्फबाट एस्टारोभाले गोल गर्दै टिमलाई अग्रता दिएकी थिईन् तर विपक्षी बोर्डेको तर्फबाट लौराले ३६ औँ मिनेटमा गोल गरेपछि खेल १–१ को बराबरीमा सकियो। साम्बाले यसअघि इजरायलको हापोई रानना एफसीबाट खेलेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *