September 20, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सोमबारबाट ३९ वर्ष लागेका छन्। सन् २०२३ को जनवरीबाट अल नासरबाट फुटबल खेलिरहेका रोनाल्डो सोमबारबाट ३९ वर्ष लागेका हुन्।

३९ वर्ष लागेका रोनाल्डोलाई अल नासर क्लबले सामाजिक संजाल मार्फत अनौठो तरिकाले जन्मदिनको शुभकामना दिएको छ। अल नासरले रोनाल्डोको आइकनिक सेलेब्रेसन ‘सिउउ’को ३९ भिन्न संस्करणहरूको संकलन सार्वजनिक गरेको छ।

अल नासरले सार्वजनिक गरेको सो भिडियोमा अल नासर आएपछि रोनाल्डोले गरेका ३९ भिन्न ‘सिउउ’ सेलेब्रेसनहरु संग्रहित छन्। भिडियो पोस्ट गर्दै अल नासरले लेखेको छ,”हामी CR7 को ३९ औँ जन्मदिन ३९ वटा ‘सिउउ’मार्फत मनाउँदैछौं”

अल नासर आए देखि नै रोनाल्डो निरन्तर उच्च प्रदर्शन गर्दै आएका छन्। रोनाल्डोले अल नासर आएपछि कुल ४४ खेलमा ३८ गोल गरिसकेका छन्।

रोनाल्डो सन् २०२३ को सर्वाधिक गोलकर्ता रहेका थिए। सन् २०२३ भरमा रोनाल्डोले अल नासर र पोर्चुगलका लागि कुल ५४ गोल गरेका थिए। उनले गोलको मामलामा एर्लिङ हालाण्ड, किलियन एम्बाप्पे र ह्यारी केन जस्ता खेलाडीलाई पछि पारेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *