September 20, 2024

एजेन्सी – साउदी क्लब अल नासरले क्लबक पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको जन्मदिन मनाएको छ। सोमबार अल नासरले रोनाल्डोको जन्मदिन खुलेर मनाएको हो।

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सोमबारबाट ३९ वर्ष लागे। सो अवसरमा अल नासर र अल नासरका खेलाडीहरु मिलेर रोनाल्डोको जन्मदिन मनाए।

रोनाल्डोको जन्मदिन मनाउनको लागि अल-नासरले विशेष पहेंलो र निलो थिमको जन्मदिनको केकको व्यवस्था गरेको थियो। जसमा रोनाल्डोलाई क्लबको होम किटमा देखाएको थियो।

सामाजिक संजालमा अल नासरले रोनाल्डोको जन्मदिन मनाउँदै गरेको भिडियो पोस्ट गरेको छ। भिडियोमा रोनाल्डो र उनका सहकर्मीहरु धेरै खुशी देखिएका छन्।

अल नासर आए देखि नै रोनाल्डो निरन्तर उच्च प्रदर्शन गर्दै आएका छन्। रोनाल्डोले अल नासर आएपछि कुल ४४ खेलमा ३८ गोल गरिसकेका छन्।

रोनाल्डो सन् २०२३ को सर्वाधिक गोलकर्ता रहेका थिए। सन् २०२३ भरमा रोनाल्डोले अल नासर र पोर्चुगलका लागि कुल ५४ गोल गरेका थिए। उनले गोलको मामलामा एर्लिङ हालाण्ड, किलियन एम्बाप्पे र ह्यारी केन जस्ता खेलाडीलाई पछि पारेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *