एजेन्सी – साउदी क्लब अल नासरका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो चोटबाट फिर्ता भएका छन्। केहि साता अगाडी घाइते भएका रोनाल्डो चोटबाट फिर्ता भएका हुन्।
रोनाल्डो अल नासरको पछिल्लो प्रशिक्षणमा सहभागी भए। चोट मुक्त भएर प्रशिक्षणमा फिर्ता भएको रोनाल्डो आफैंले पनि सामाजिक संजाल मार्फत पुष्टि गरेका छन्।
रोनाल्डोले सामाजिक संजालमा प्रशिक्षणको एक तस्विर राख्दै एक्सनमा फिर्ता भएको उल्लेख गरेका छन्। तस्विर पोस्ट गर्दै रोनाल्डोले लेखेका छन्,”ब्याक इन एक्सन”
खुट्टामा देखिएको समस्याका कारण रोनाल्डोले केहि साता आराम गरेका थिए। रोनाल्डो घाइते भएपछि अल नासरले चीनमा खेल्ने भनिएको दुई मैत्रीपूर्ण खेलहरु स्थगित गरेको थियो।
त्यस्तै रोनाल्डो अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको इन्टर मियामी विरुद्धको खेलमा पनि खेलेनन्। रोनाल्डो नखेलेपनि सो खेलमा अल नासरले मियामी माथि सानदार ६-० को जित निकालेको थियो।
View this post on Instagram