September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक माउरिसियो पोचेटिनोलाई ठूलो राहत मिलेको छ। एफए कपको पाँचौ राउण्डमा प्रवेश गरेसंगै चेल्सीलाई लयमा ल्याउन संघर्ष गरिरहेका माउरिसियो पोचेटिनोलाई ठूलो राहत मिलेको हो।

बुधबार राति चेल्सीले एफए कपको चौंथो राउण्डमा एस्टन भिल्लालाई पराजित गर्यो। भिल्लाको घरेलु मैदानमा चेल्सी ३-१ को जित निकाल्दा प्रशिक्षकको पद धरापमा रहेका पोचेटिनोले ठूलो राहत महसुस गरे।

खेलपछि उनले एक कुराकानीका क्रममा आफू पहिला भन्दा धेरै आराम महसुस गरिरहेको बताए। टोलीले प्रदर्शन गर्न सक्छ भन्ने उदाहरण देखिएको र त्यसले आफूलाई केहि रिल्याक्स गराएको पोचेटिनोको भनाई छ।

“अन्य कुराहरूले मलाई जीवनमा चिन्ता दिन्छ, तर फुटबलले होइन। आज म पहिले भन्दा धेरै आराममा थिएँ किनभने मलाई थाहा थियो कि टोलीले प्रदर्शन गर्नेछ। हामी प्रिमियर लिगको सबैभन्दा कान्छो टोलीको बारेमा कुरा गर्दैछौं, तर धेरै अपेक्षाहरू छन्।”,उनले भने।

एस्टन भिल्ला विरुद्धको खेलमा चेल्सीले सिजनकै उत्कृष्ट प्रदर्शन गरेको पनि पोचेटिनोले बताए। एस्टन भिल्ला विरुद्ध चेल्सीले एकजुट भएर राम्रो फुटबल खेलेको उनको भनाई छ।

उनले भने,”आज राती हामी एकजुट भयौं। हामी एक अर्काको लागि लड्यौं। हामी हाम्रा फ्यानहरूको लागि, चेल्सीको ब्याजका लागि, कोचिङ स्टाफको लागि लड्यौं। यो सायद हाम्रो लागि सिजनको उत्कृष्ट प्रदर्शन थियो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *