September 20, 2024

एजेन्सी – साउदी प्रो लिग क्लब अल हिलालले ‘रियाद सिजन कप’ जितेको छ। बिहिबार राति भएको खेलमा अल नासरलाई पराजित गर्दै अल हिलालले ‘रियाद सिजन कप’को उपाधि जितेको हो।

किङडम एरिनामा भएको खेलमा अल हलालले २-० को जित निलाल्यो। बलमा राम्रो नियन्त्रण राखेपनि आक्रमणमा चुक्दा अल नासर अल हिलालसंग पराजित हुन पुग्यो।

खेलभर अल नासरले बलमा ५६ प्रतिशत नियन्त्रण राखेको थियो। अल नासरको तर्फबाट खेलभर कुल १४ प्रहार भएका थिए। त्यसमद्ये २ प्रहार मात्रै टार्गेटमा थिए।

त्यस्तै अल हिलालको तर्फबाट खेलमा १० प्रहार भएकोमा ६ प्रहार टार्गेटमा थिए। जसमद्ये २ प्रहार गोलमा परिणत समेत भए। हिलालका लागि सेर्गेज मिलिनकोभिच सेभिच र सालेम अल्दावासरीले गोल गरे।

दुवै गोल खेलको पहिलो हाफमा आएका थिए। खेलको १७ औं मिनेटमा सेभिचले गोल गरेका थिए भने ३० औं मिनेटमा अल्दावासरीले गोल गर्न सफल भएका थिए।

अल नासरले अल हिलाल विरुद्ध पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई पनि मैदानमा उतारेको थियो। तर पनि अल नासर पराजित हुन पुग्यो। अल नासरले यस अगाडी इन्टर मियामीलाई ६-० को गोल अन्तरले पराजित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *