September 20, 2024

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ का खेलहरु आगामी साताबाट हँदैछन्। समूह चरणका खेलहरु सकिएको दुई महिनापछि अन्तिम १६ का खेलहरु आगामी साताबाट हुन लागेका हुन्।

आगामी मंगलबार राति साविक विजेता म्यानचेस्टर सिटीले कोपनहेगनको सामना गर्नेछ। खेल कोपनहेगनको घरेलु मैदानमा हुनेछ। खेल मंगलबार राति १ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

सोहि राति उही समयमा रियल म्याड्रिड र आरबी लाइप्जिंगको सामना गर्नेछ। रियल र लाइप्जिंग बीचको खेल लाइप्जिंगको घरेलु मैदानमा हुनेछ। सो खेल पनि मंगलबार राति १ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

सिटी र रियल दुवैलाई च्याम्पियन्स लिगको उपाधि दाबेदारको रुपमा हेरिएको छ। दुवै अन्तिम १६ को पहिलो लेगमा जित निकाल्दै क्वाटरफाइनलको बाटो सहज बनाउने दाउमा हुनेछन्।

त्यस्तै आगामी बुधबार राति पनि च्याम्पियन्स लिगका दुई खेल हुनेछन्। बुधबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले रियल सोसीडाडको सामना गर्नेछ।

खेल पिएसजीको घरेलु मैदानमा रातको १ बजेर ४५ मिनेटमा सुरु हुनेछ। सोहि समयमा इटालियन क्लब लाजियोले जर्मन क्लब बायर्न म्युनिखको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *