December 23, 2024

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक जाभीले लालिगा उपाधि होडमा बार्सिलोनाले हार नमान्ने बताएका छन्। एक कुराकानीका क्रमम जाभीले उपाधि होडमा अहिले नै हार मान्ने अवस्था नआएको बताएका हुन्।

आइतबार राति लालिगा अन्तर्गत ग्रानाडासँग बराबरी खेलेपछि पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा जाभीले शिर्ष स्थानको रियल म्याड्रिडसंग धेरै अंकले पछि रहेपनि बार्सिलोनाले हार नमान्ने बताए।

म्याड्रिड र जोरोनासंगको अंक दूरी धेरै भएपनि आफूहरु राम्रो खेल्न प्रयास गर्ने जाभीको भनाई छ। आगामी खेलहरु हातबाट उम्किन नदिने योजना आफूहरुको रहेको उनले सुनाए।

“ला लिगा पहिले नै गाह्रो थियो र धेरै अंक हाम्रो हातबाट गयो। रियलसंग ठूलो अंक दूरी छ र जिरोनासंग ५ अंकको दूरी छ। तर हामी अहिले नै हार मान्ने छैनौँ। टोलीसँग विश्वास, साहस र इच्छा थियो, तर त्यो पर्याप्त थिएन।”,जाभीले भने।

आइतबार राति बार्सिलोनाले घरेलु मैदानमा ग्रानाडासंग ३-३ को बराबरी खेलेको थियो। बार्सिलोना अहिले लिगको तेस्रो स्थानमा छ। बार्सिलोना रियल भन्दा १० अंकले पछि छ भने जिरोना भन्दा पाँच अंकले पछि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *