September 20, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले करियरको दोस्रो ओलम्पिक गोल्ड मेडल जित्ने अवसर पाउने भएका छन्। अर्जेन्टिना यसै वर्ष हुने ओलम्पिकका लागि छनोट भएसंगै मेस्सीले दोस्रो पटक गोल्ड मेडल जित्ने अवसर पाउने भएका हुन्।

सोमबार मात्रै अर्जेन्टिनाले ओलम्पिक फुटबलका लागि स्थान बनायो। दक्षिण अमेरिकी प्रि-ओलम्पिक प्रतियोगितामा सोमबार अर्जेन्टिनाले ब्राजिललाई १-० को गोल अन्तरले पराजित गरेको हो।

जससंगै अर्जेन्टिना ओलम्पिकका लागि छनोट भयो भने ब्राजिल भने ओलम्पिकका लागि छनोट हुने दौडबाट बाहिरियो। एस्टाडियो नेसियोनल ब्रिगिडो इरीआर्टे स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि लुसियानो गोन्डौले निर्णायक गोल गरेका थिए।

ओलम्पिक खेलहरूमा एक राष्ट्रले फुटबलका लागि अन्डर २३ का खेलाडीहरुलाई मैदानमा उतार्न पाउँछ। टोलीमा दुई जना सम्म सिनियर टोलीका २३ वर्ष उमेर भन्दा माथिका खेलाडी हुन सक्छन्।

सिनियर टोलीका लागि खालि दुई स्थान मद्ये एकमा मेस्सी रहेर ओलम्पिकका लागि खेल्न सक्छन्। मेस्सीले यस अगाडी सन् २००८ मा गोल मेडल जितेका थिए।

आगामी ओलम्पिकमा मेस्सीले चाहे दोस्रो गोल्ड मेडलका लागि प्रतिष्पर्धा गर्न सक्नेछन्। तर मेस्सी ओलम्पिकमा सहभागी हुन्छ अथवा हुँदैनन् भन्ने कुराको टुंगो भने समयले नै लगाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *