September 20, 2024

एजेन्सी – एसियन च्याम्पियन्स लिग अन्तर्गतको खेलका लागि साउदी क्लब अल नासर एक्सनमा उत्रँदैछ। एसियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगको खेलका लागि अल नासर बुधबार राति एक्सनमा उत्रन लागेको हो।

बुधबार राति अल नासरले साउदी कल्ब अल फेइहाको सामना गर्नेछ। खेल प्रिन्स फैसल बिन फहद स्टेडियममा बुधबार राति ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

बुधबार राति दुवै टोली जित निकाल्दै एएफसी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गर्ने बाटो सहज बनाउने योजनामा हुनेछन्। खेल फेइहाको घरेलु मैदानमा हुने हुँदा त्यसको फाइदा उठाउने दाउमा फेइहा हुनेछ।

त्यस्तै अल नासर पनि आफ्नो उच्च लयलाई जारी राख्दै जित निकाल्ने योजनामा हुनेछ। अल नासरले समूह चरणमा ६ मद्ये ४ खेलमा जित निकाल्दा २ खेल बराबरी खेलेको थियो।

त्यस्तै फेइहाले भने ६ खेल मद्ये ३ खेलमा जित निकाल्दा ३ खेलमा पराजय भोगेको थियो। पछिल्लो पटक यी दुई टोली बीच साउदी प्रो लिगमा गत अक्टोबरमा भेट भएको थियो।

त्यसबेला अल नासरले सानदार जित दर्ता गरेको थियो। अल नासरले अल फेइहालाई ३-१ को गोल अन्तरले पराजित गरेको थियो।

रोनाल्डो खेल्ने सम्भावना कति ?

गत महिना घाइते भएका रोनाल्डो एसियन च्याम्पियन्स लिगमा खेल्ने उच्च सम्भावना छ। अल हिलाल विरुद्धको मैत्रीपूर्ण खेलमा सहभागी भएका उनी बुधबार पनि एक्सनमा उत्रनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *