एजेन्सी – च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगको खेलका लागि आज पेरिस सेन्ट जर्मेन(पिएसजी) एक्सनमा उत्रँदैछ। च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो खेलका लागि पिएसजी आज राति घरेलु मैदानमा उत्रन लागेको हो।
पिएसजीले आज राति स्पेनिस क्लब रियल सोसीडाडको सामना गर्नेछ। आज पिएसजी पक्कै पनि घरेलु मैदानको फाइदा उठाउँदै रियल सोसीडाड माथि जित निलालने दाउमा हुनेछ।
पेरिस सेन्ट जर्मेन र रियल सोसिडाडबीचको यो पहिलो प्रतिस्पर्धात्मक भेट हो। पिएसजी च्याम्पियांस लिगको नकआउटमा ६ पटक स्पेनिस क्लबसंग आमने-सामने हुँदा ५ पटक प्रतियोगिताबाट बाहिरिएको छ।
२०२० मा फाइनल र २०२१ मा सेमिफाइनलमा पुगेपछि पेरिस सेन्ट जर्मेन पछिल्लो दुई सिजनमा युइएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरण पार गर्न सकेको छैन।
यस पटक भने पिएसजी पक्कै रियल सोसिडाडलाई पराजित गरे क्वाटरफाइनलमा पुग्ने प्रयासमा हुनेछ। उता रियल सोसिडाड भने पिएसजीको क्वाटरफाइनल पुग्ने सपना चकनाचुर पार्ने योजनामा हुनेछ।
पेरिस सेन्ट जर्मेनले समूह चरणको अन्तिम तीन खेल कुनैमा पनि जित निकाल्न सकेको थिएन। पिएसजी र रियल सोसिडाड बीचको खेल नेपाली समय अनुसार रातको १ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
खेल भारतीय खेल च्यानल सोनी टेन १ मा प्रतक्ष्य हेर्न सकिनेछ।