एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने निर्णय गरेका फ्रेन्च स्टार किलियन एम्बाप्पेले ठूलो रकम गुमाउने भएका छन्। पिएसजीबाट प्राप्त हुने पारिश्रमिक बोनस फ्री ट्रान्सफरमा क्लब छाड्ने निर्णय संगै गुमाउने भएका हुन्।
सन् २०२२ मा एम्बाप्पे र पिएसजी बीच सन् २०२४ सम्मका लागि सम्झौता भएको थियो। सो सम्झौतामा एक वर्ष सम्झौता थप गर्ने विकल्प पनि थियो।
तर एम्बाप्पेले क्लब च्श्हड़ने निर्णय गरिसकेका छन्। सो सम्झौता अनुसार पिएसजीले एम्बाप्पेलाई पारिश्रमिक बोनस दिन पर्ने थियो। फ्री ट्रान्सफरमा पिएसजी छाड्ने भएका कारण अब एम्बाप्पेले सो बोनस प्राप्त गर्ने छैनन्।
एम्बाप्पेको नाम पछिल्लो समय निरन्तर रियल म्याड्रिडसंग जोडिएको छ। रियल एम्बाप्पेको ड्रिम क्लब पनि हो। रियल आवद्ध हुनैको लागि एम्बाप्पेले बोनस त्यागेको विभिन्न खेल मिडियाहरुले दावी गरिरहेका छन्।
बोनस रकम १ सय मिलियन युरो आसपास रहेको अनुमान गरिएको छ। फ्री ट्रान्सफरमा क्लब छाडे पिएसजीले बोनस नतिर्ने भद्र सहमतिका आधारमा एम्बाप्पेले अब सो रकम लिने छैनन्।
रियलले एम्बाप्पेलाई आधिकारिक प्रस्ताव पठाइसकेको बताइएको छ। आगामी केहि दिनहरुमै एम्बाप्पे र रियल म्याड्रिड बीच सहमति जुट्न सक्ने रिपोर्टहरु आइरहेका छन्।