September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले लालिगामा महत्वपूर्ण जित निकालेको छ। पछिल्लो समय खासै राम्रो प्रदर्शन गर्न नसकिरहेको बार्सिलोनाले शनिबार राति महत्वपूर्ण जित निकालेको हो।

बार्सिलोनाले शनिबार राति सेल्टा भिगोलाई उसकै घरेलु मैदानमा पराजित गर्यो। पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले भिगो माथि २-१ को गोल अन्तरको जित निकालेको हो।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। त्यस्तै घरेलु टोलीका लागि एक मात्र गोल इयागो एस्पासले गरेका थिए। तीन गोल मध्ये एक गोल पहिलो हाफमा र दुई गोल दोस्रो हाफमा भएका थिए।

खेलको ४५ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै घरेलु टोलीले बराबरी गोल फर्कायो।

निर्धारित ९० मिनेट सम्म कुनै पनि टोलीबाट थप गोल भएनन्। इन्ज्युरी समयमा बार्सिलोनाले पेनाल्टीको अवसर पायो। इन्ज्युरी समयको ७ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बार्सिलोना जित पक्का गरे।

यस जितसंगै लालिगामा बार्सिलोनाको ५४ अंक भएको छ। बार्सिलोना तेस्रो स्थानमा छ। एक खेल कम खेलेको जिरोना भन्दा बार्सिलोना ५६ अंकले पछि छ भने रियल भन्दा ७ अंकले पछि छ। सेल्टा भिगो भने २५ खेलबाट २० अंक बटुलेर १७ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *