September 20, 2024

एजेन्सी – केहि खेल मिडियाहरुले गरिरहेको दावीलाई मान्ने हो फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे भित्र्याउने दौडमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीको इन्ट्री भएको छ।

यस सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्ने निर्णय गरेका एम्बाप्पे भित्र्याउने दौडमा सिटीको इन्ट्री भएको केहि खेल मिडियाहरुले दावी गरेका हुन्।

सिटीले एम्बाप्पेको विषयमा चासो देखाएको बताइएको छ। यस अगाडी सम्म एम्बाप्पे भित्र्याउने दौडमा स्पेनिस क्लब रियल म्याड्रिड एक्लो थियो। तर सो दौडमा सिटी पनि सामेल भएको बताइन्छ।

एम्बाप्पेको नाम लामो समय देखि रियल म्याड्रिडसंग जोडिएको छ। एम्बाप्पेले पिएसजी छाड्ने निर्णय गरेसंगै दुई पक्ष बीच निरन्तर छलफलहरु भइरहेका छन्।

तर अहिले सम्म रियल र एम्बाप्पे पक्ष बीच सहमति जुटिसकेको छैन। एम्बाप्पे र रियल बीच आर्थिक विषयमा सहमति जुट्न बाँकि रहेको बताइएको छ।

यस्तोमा सिटीले पनि चासो देखाउनुले एम्बाप्पेको ट्रान्सफर थप रोचक बन्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *