September 20, 2024

एजेन्सी – केहि खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी फ्रेन्च स्टार किलियन एम्बाप्पेलाई आकर्षक पारिश्रमिक दिन तयार देखिएको छ।

एम्बाप्पेले पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने निर्णय गरिसकेको अवस्थामा स्पेनबाट प्रकाशित हुने केहि खेल मिडियाहरुले एम्बाप्पेलाई आकर्षक पारिश्रमिक दिन सिटी तयार देखिएको दावी गरेका हुन्।

खबरका अनुसार सिटी एम्बाप्पेलाई स्पेनिस महारथी रियल म्याड्रिडले प्रस्ताव गरेको भन्दा धेरै उच्च पारिश्रमिक दिन तयार छ। फ्रान्सेली सुपरस्टारलाई इतिहाद लोभ्याउन सिटी ठूलो तलब प्याकेज प्रस्ताव गर्न तयार रहेको डिफेन्सा सेन्ट्रलले दावी गरेको छ।

एम्बाप्पेको पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौता सिजनको अन्त्यमा सकिँदैछ र उनले क्लब छोड्ने जानकारी क्लबलाई दिसकेका छन्। केहि दिन अगाडी रियलले एम्बाप्पेलाई सन् २०२२ मा गरिएको भन्दा कम पारिश्रमिक प्रस्ताव गरेको खबर आएको थियो।

एम्बाप्पे र रियल पक्ष बीच गएको केहि समय देखि निरन्तर संवाद चलिरहेको बताइन्छ। रियल एम्बाप्पेलाई क्लबकै सर्वाधिक पारिश्रमिक पाउने खेलाडी बनाउन तयार छ।

तर रियल एम्बाप्पेलाई सन् २०२२ मा प्रस्ताव गरेको जति पारिश्रमिक दिन भने तयार देखिँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *