December 23, 2024

एजेन्सी – एक सुपर कम्प्युटरले प्रिमियर लिग उपाधिका लागि लिभरपुल, आर्सनल र म्यानचेस्टर सिटी बीच कडा प्रतिष्पर्धा हुने र केहि अंकले मात्र लिग विजेताको टुंगो लाग्ने भविष्यवाणी गरेको छ।

इन्स्ट्यान्ट क्यासिनोको सुपर कम्प्युटरले प्रिमियर लिग उपाधिका लागि तीन क्लब बीच कडा प्रतिष्पर्धा हुने र त्यसमा लिभरपुल अगाडी आउने भविष्यवाणी गरेको विभिन्न खेल मिडियाहरुले जनाएका हुन्।

हाल प्रिमियर लिगको पहिलो स्थानमा लिभरपुल छ। लिभरपुलले यस सिजन मात्र २ पराजय भोगेको छ। १७ जित र ७ बराबरी सहित लिभरपुलले ५७ अंक जोडेको छ।

यस्तै दोस्रो स्थानमा रहेको आर्सनलले यस सिजन ४ खेलमा हार बेहोरेको छ। यस सिजन आर्सनलले २५ खेल मद्ये १७ खेलमा जित निकाल्दा ४ खेलमा बराबरी खेलेको छ। आर्सनलको ५५ अंक छ।

आर्सनल र लिभरपुल भन्दा एक खेल कम खेलेको सिटीले यस सिजन ३ खेलमा हार बेहोरेको छ। २४ खेल मद्ये १६ खेलमा जित निकाल्दा सिटीले ५ खेल बराबरी खेलेको छ। सिटीको ५३ अंक छ।

तीनै क्लब सिजनको सुरुवात देखि नै एक अर्कालाई कडा टक्कर दिँदै आएका छन्। गएको केहि समय देखि लिभरपुल निरन्तर शिर्ष स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *