September 20, 2024

एजेन्सी – एसियन च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगका लागि साउदी क्लब अल नासर बुधबार एक्सनमा उत्रँदैछ। एएफसी च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलका लागि अल नासर घरेलु मैदानमा बुधबार राति एक्सनमा उत्रन लागेको हो।

बुधबार राति अल नासरले अल फेइहाको सामना गर्नेछ। पहिलो लेगमा अल नासरले अल फेइहालाई उसकै घरेलु मैदानमा पराजित गरेको थियो। सो खेलमा अल नासर २-१ को गोल अन्तरले विजयी भएको थियो।

अल नासरको जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र ओटाभियोले गोल गरेका थिए भने अल फतेहका लागि सलेम अल नजदीले गोल गरेका थिए।

बुधबार राति अल नासर घरेलु मैदानमा रवाफिलो प्रदर्शन गर्दै जित निकाल्ने दाउमा हुनेछ भने अल फेइहा पनि कम्ब्याक गर्ने योजनामा हुनेछ। बुधबार अल नासरलाई एसियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न बराबरी मात्र भएपनि पुग्नेछ।

अल नासर र अल फेइहा बीचको खेल अल अव्वल स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार रातको ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *