September 20, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले आफ्नो आठौं बालोन डी’ओर पूर्व क्लबको संग्रहालयलाई दान गरेका छन्। सन् २०२३ का बालोन डी’ओर विजेता मेस्सीले आफ्नो आठौँ बालोन डी’ओर उपाधि बार्सिलोना संग्रहालयलाई दान गरेका हुन्।

इन्टर मियामीमा आफ्नो पहिलो सिजनको समयमा करियरकि आठौँ बालोन डी’ओर जितेपछि सो उपाधि बार्सिलोना संग्रहालयलाई दान गरेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

कतार २०२२ मा अर्जेन्टिनालाई विश्वकप जित्न प्रेरित गरेका मेस्सीले सन् २०२३ मा आठौं बालोन डी’ओर प्राप्त गरेका थिए। मेस्सीले इन्टर मियामीलाई लिग कपको उपाधि जिताउन पनि मद्दत गरेका थिए।

मेस्सीले आफ्नो करियरमा कुल ४४ उपाधि जितिसकेका छन्। यो व्यक्तिगत उपाधि बाहेकको संख्या हो। मेस्सी विश्वकै सबै भन्दा बढी उपाधि जित्ने खेलाडी रहेका छन्।

यस अगाडी मेस्सीले जितेका सात बालोन डी’ओर पनि बार्सिलोनाकै संग्रहालयमा राखिएको छ। अब उनले जितेका सबै बालोन डी’ओर उपाधि त्यहाँ नै रहनेछन्।

“मसँग भएका सबै कुरा बार्सिलोनामा छन्, त्यहाँको संग्रहालयमा छन्। बालोन डी’ओर, गोल्डेन बुट, सबै कुरा।”,मेस्सीले केहि समय अगडी भनेका थिए। बार्सिलोना छाडेको केहि वर्ष भैसकेपनि मेस्सी भावनात्मक रुपमा बार्सिलोनासंग निरन्तर जोड्ने पक्षमा रहने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *