September 20, 2024

एजेन्सी – रियल म्याड्रिडका पूर्व स्टार इडेन हाजार्डले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले ५० वर्षको उमेर सम्म पनि गोल गरिरहन सक्ने बताएका छन्।

एक कुराकानीका क्रममा हाजार्डले रोनाल्डो ३९ वर्षको उमेरमा पनि उच्च प्रदर्शन गरिरहेको र उनले ५० वर्षको उमेर सम्म पनि गोल गरिरहन सक्ने बताएका हुन्।

हाजार्डका अनुसार गोल र उपाधि जित्ने मामलामा रोनाल्डो ‘गोट’ हुन्। रोनाल्डोको खुलेर प्रशंसा गर्दै हाजार्डले रोनाल्डोको साँच्चै टोलीलाई उपाधि दिलाउने मामलामा उत्कृष्ट रहेको दावी गरे।

“गोल गर्ने र टोलीलाई उपाधि दिलाउने मामलामा रोनाल्डो ‘गोट’ हुन्। वाह ! उनलाई हेर्नुहोस्, ३९ वर्षको उमेरमा पनि उनी यस्तो गरिरहेका छन्। उनले ५० वर्षको उमेर सम्म पनि गोल गर्नेछन्। मलाई विश्वास गर्नुहोस्, ५० वर्ष सम्म।”,हाजार्डले भने।

रोनाल्डोले गत हप्ता आफ्नो सिनियर करियरको ८७५ औं गोल गरेका थिए। उनी अहिले अल नासरसँग साउदी अरेबियामा खेल्छन्। अल नासर गएपछि पनि उनी निरन्तर गोल गर्दै आएका छन्।

रोनाल्डो सन् २०२३ मा विश्वकै सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेका थिए। गत वर्ष रोनाल्डोले कुल ५४ गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *