September 20, 2024

एजेन्सी – प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले महत्वपूर्ण जित निकालेको छ। प्रिमियर लिगको उपाधि होडमा रहेको सिटीले बुधबार राति महत्वपूर्ण जित निकालेको हो।

घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १-० को गोल अन्तरले पराजित गर्यो। सिटीको जितमा नर्वेली युवा स्टार एर्लिङ हालाण्डले गोल गरे।

ब्रेन्टफोर्ड विरुद्धको खेलमा सिटीले बलमा राम्रो नियन्त्रण राखेको थियो। बलमा सिटीको ७१ प्रतिशत नियन्त्रण थियो। खेलभर सिटीको तर्फबाट कुल २५ प्रहार भएका थिए।

जसमद्ये ११ प्रहार टार्गेटमा थिए। तर एक मात्र प्रहार गोलमा परिणत गराउन सिटी सफल भयो। त्यस्तै ब्रेन्टफोर्डले भने खेलभर कुल ६ प्रहार गरेको थियो। त्यसमा दुई प्रहार टार्गेटमा रहेपनि गोल गर्न भने ब्रेन्टफोर्ड सफल भएन।

खेलको ७१ औं मिनेटमा हालाण्डले सिटीका लागि गोल गरे। उनले अर्जेन्टिनी स्टार जुलियन अल्भारेजको पासमा गोल गरेका थिए। सो गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो।

यस जितसंगै सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। सिटीले २५ खेलबाट ५६ अंक बनाएको छ। सिटी लिभरपुल भन्दा एक अंकले पछि छ भने आर्सनल भन्दा एक अंकले अगाडी छ। पराजित ब्रेन्टफोर्ड २५ अंक सहित लिगको १४ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *