September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुका अनुसार स्पेनिस महारथी रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटी क्लबका लेजेण्ड मिडफिल्डर लुका मोड्रिचलाई कोचिङ स्टाफमा सामेल गराउन चाहन्छन्।

कार्लो एन्सेलोटीले मिडफिल्डर लुका मोड्रिचलाई कोचिङ स्टाफमा सामेल गराउन चाहेको दावी स्पेन तथा युरोपबाट प्रकाशित हुने विभिन्न खेल मिडियाहरुले गरेका हुन्।

रियल र मोड्रिच बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। रियलले मोड्रिचको सम्झौता थप गर्ने सम्भावना धेरै कम छ। यस्तोमा एन्सेलोटीले मोड्रिचलाई कोचिङ स्टाफमा सामेल गराउन चाहेका छन्।

३८ वर्षिय मिडफिल्डरले यस सिजन रियलका लागि कम अवसर पाएका छन्। सबै प्रतियोगितामा उनले अहिले सम्म मात्र २० खेलमा खेल्ने अवसर पाएका छन्।

एथलेटिकले यस महिना रिपोर्ट गरे अनुसार मोड्रिचले आफ्नो भविष्यको बारेमा निर्णय गर्न बाँकी छ। उनले अहिले नै खेल जीवनबाट सन्यास लिने योजना बनाइनसकेको बताइन्छ।

मोड्रिचलाई साउदी अरेबियाका केहि क्लबले भित्र्याउन चाहेको समेत खबरहरु आइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *